पासाङ्गल्हामु शेर्पा अकितालाई सम्मान

नेसनल ज्योग्राफीले प्रदानगर्ने “पिपुल्स च्वाईस एडभेन्चरर् अफ द एयर २०१६” जित्न सफल साहसिक पर्वतारोहीतथा समाजसेवी पासाङ्गल्हामु शेर्पा अकितालाई कोलोराडोमा सम्मान गरिएको छ । साहसिक क्रियाकलापले नेपाल र नेपालीको शिर विश्वमा उच्च राख्न सफल भएको भन्दै कोलोराडोमा सकृय नेपालीहरुको साझा संस्था पालीघरको आयोजनामा शनिबारका एक समारोहकाबीच अंकितालाई सम्मान गरिएको हो ।

12728873_10153975934397792_8621852324555322995_n

डेन्भर स्थित याक एण्ड यती रेष्टुरेन्टमा दिवंंगत पूर्व प्रधानमन्त्री तथा नेपाली काग्रेसका सभापति सुशिल कोईरालाको स्मरणमा मौनधारण पछि सुरु भएको कार्यक्रकमा कोलोराडोमा सकृय संंघ संस्थाका प्रतिनिधी, बुद्धिजीवि, व्यवसायी, कलाकार, पत्रकार, समाजसेवी, नेपाली घरका पदाधिकारी तथा सर्वसाधारणको बाक्लो उपस्थिती रहेको थियो ।

12696906_1093597170674585_2787330825005300526_o

नेपाली घरका अध्यक्ष योगराज गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका महासचिव तथा कार्यक्रम संञ्च्ँालक लक्ष्यमण रानाले उपस्थित सबैलाई आफ्नो परिचयको साथै शुभकामना तथा बधाई दिने मौका प्रदान गरेका थिए । वक्ताहरु सबैले पासाङ्गका क्रियाकलापले नेपाल र नेपालीको शिर विश्वमा उच्च राख्न सफल भएको, आज नेपालीको छाती गर्वले फूलेको भन्दै, आगामी दिनमा उनको उत्तरोत्तर प्रगतीको कामना गरेका थिए ।

12697238_1093596507341318_9054233279879670779_o

शुभकामना मन्तव्य पछि पासाङ्गलाई संम्पूर्ण कोलोराडो बासिका तर्फबाट नेपाली घरका अध्यक्ष योगराज गौतमले खादा पहिराई संस्थाको मानार्थ सदस्यता प्रदान गरेर सम्मान सुरु गरेका थिए । त्यस पछि उनलाई त्यहा उपस्थित संघ संस्थाका प्रतिनिधी, बुद्धिजिवी, व्यवसाही, कलाकार, पत्रकार, समाजसेवी, गन्यमान्य, नेपाली घरका पदाधिकारी तथा सर्ब साधारण सबैले खादा लगाई दिई सम्मान गरेका थिए ।

12742608_10153975934142792_3614759761103743727_n

पन्ध्र बर्षको कलिलो उमेरमा बाबु आमा गुमाएकी सोलखुम्बु निवासी ३१ बषिर्या पासाङ्गले १९ बर्षको उमेर देखिनै पर्वतारोहण सुरु गरेकी थिईन् । सगरमाथा, केटु हिमालको सफलताका साथ आरोहण गरिसकेकी उनी नेपालको पहिलो महिला पर्वतारोही प्रशिक्षक समेत हुन् । पर्वतारोहण संगै समाज सेवामा पनि त्यत्तीकै सकृय पासाङ्गले नेपालमा हालै गएको भुकम्पबाट पिडितलाई ११ हजार भन्दा बढि कम्बल लगायत बन्दो बस्तिका सामान बितरण गरि विश्वकै एक नमुना महिला बन्न सफल भएकी छन् ।

कार्यक्रमको अन्त्यमा अध्यक्ष गौतमले नेपाली घरको निमन्त्रणलाई स्वीकार गरेर कार्यक्रममा उपस्थित भई संस्थाको कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नुहुने पासाङ्ग लगाएत सबैलाई धन्यबाद दिएका थिए ।711_1093596150674687_2240820376239153338_n12719645_1093597167341252_8717665444945471476_o12719645_1093597134007922_139931834258085646_o

12705245_1093596104008025_8076578915582772083_n

Author: NepaliGhar

Non Profit Organization

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s