२०१७ सालकाे होली भब्यताका साथ सम्पन्न

कोलोराडो निवासी नेपालीहरुले बसन्त ऋतुको आगमन संगै आपसी मेलमीलाप र सद्भाबको रुपमा मनाईने होली एक आपसमा रंग लगाई हर्सोउल्लासका साथ मनाएका छन् । नेपालीहरुको साझा संस्था नेपाली घरको आयोजनामा कोलोराडोको ब्राईटन स्थित सनातन मन्दिरमा आयोजित कार्यक्रममा कोलोराडोमा सकृय संघ संस्थाका पदाधिकारी, कलाकार, व्यवसायी ,पत्रकार गन्यमान्य तथा सर्वसाधारणको उपस्थिती रहेको थियो । कार्यक्रमको सुरुमा संस्थाका सचिव लक्षुमण रानाले उपस्थित सबैलाई स्वागत गर्दै कार्यक्रमको महत्व बारेमा प्रष्ट्याएका थिए । त्यसैगरी नेपाली घरका सल्लाहकार रामप्रसाद श्रेष्ठले ऐतीहासिक महत्व प्रकास पार्दै सबैलाई होलीको सुभकामना दिएका थिए । त्यस्तै पंण्डित जिवन बरालले विषेश पुजा सहित धार्मिक महत्व दर्शाउदै उपस्थित सबैलाई टिका लगाई कार्यक्रमको सुरुआत गरेका थिए ।

Photo : Nirmal H Shrestha

त्यसपछि मंन्दिरको प्राङ्गणमा जम्मा भएका सबै नेपाली दाजुभाई, दिदी बहिनीहरु हातमा बिभिन्न किसिमका रंग लिएर आ–आफ्ना दौतरिहरुलाई रंग लगाउन व्यस्थ देखिन्थे । यसरी होली खेलीरहेको देख्दा विश्वको जुनसुकै कुनामा रहे पनि नेपालीहरु आÏनो संस्कृती र चाडपर्ब को जगेर्ना गर्न कम्बर कसेर लाग्छन् भन्ने प्रष्ट हुन्थ्यो । नेपालमा फागुन शुक्ल अष्टमीको दिन बसन्तपुर स्थित गद्धिबैठक अगाडी रङ्गी चङ्गी पारेर सिंगारी गाडीएको चिरमा आजापुजा गरेपछि बिधीबत् रुपमा होलीसुरु भएको मानिन्छ ।

Photo : Nirmal H Shrestha

दैत्यराज हिरण्यकश्यपुले बिष्णु भक्त आफ्ना पुत्र प्रहदलाई मार्ने उद्धेश्यले ब्रह्माबाट आगोले छुन नसक्ने बरदान पाएकी आफ्नी बहिनी होलीकालाई प्रहदका साथ दन्किरहेको आगोमा बस्न लगाउंदा आगोले होलीका आफै भष्म भएको, तर भक्त प्रहदलाई केही नभएकले त्यही समय देखि शक्तिको दुरुपयोग गर्ने पापिनी होलीका मारिएको खुसीयालीमा होली खोल्ने चलन चलेको हिन्दु सास्त्रमा उल्लेख गरिएको छ ।

यसै दिनमा टुडिखेलमा ‘गुरुमापा’ नामक राक्षसलाई इट्म्बाहालदेखि कंहिपनि नबिसाई ल्याईएको १० पाथी चामलको भात र एउटा रागोको मासु खुवाई सैनीक अस्पत्ताल भित्र रहेको ‘जध’ु धारोमा चुठाउने प्रचलन रहेको छ । त्यसैगरी द्धापर यूगमा श्रीकृष्ण भगवानलाई मार्न कंश द्धारा पठाईएकी राक्षसनी पुतनाले आफ्नो स्तनमा बिष लगाएर कृष्णलाई दुध चुसाउंदा कृष्ण मर्नुको सट्टा पुतना आफै मरेकोले त्यस खुसीको उपलक्ष्यमा बज्रबासीले फागु मनाउन थालेको जनश्रुती छ । यि र यस्ता हिन्दु संस्कृती तथा परंपरा अगाल्दै आएको हाम्रो नेपाली चलन अनुसार आज संम्पन्न भएको फागु कार्यक्रममा उपस्थित सबै बालक हुन वा बृद्ध, यूवा यूवती हुन वा अधबैसे, सबै आ आÏना दौतरीका साथ रंग लगाएर खुशी साट्न व्यस्थ देखिन्थे ।

Photo : Nirmal H Shrestha

बिहान ११ बजे देखी सुरु भएको कार्यक्रम दिउसो १ बजेसम्म सञ्चालन भएको थियो । नेपाली घरका अध्यक्ष योगराज गौतमले संस्थाको निमन्त्रणालाई स्विकार गर्दै, नेपालीहरुको संस्कृती पहिचाहन र संरक्षण गर्ने महत्वपूर्ण कार्यक्रममा उपस्थित हुने सबैलाई धन्यवाद दिएका थिए ।

नातिबाबु भट्ट | मार्च १२, २०१७

Photo by Nirmal H Shrestha

Photo : Nirmal H Shrestha

  

    

 

Author: NepaliGhar

Non Profit Organization

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s