नेपाली घरको निर्वाचन सम्पन्न गर्न निर्वाचन कमिटी गठन
नतिबाबु भट्ट |कोलोराडो अमेरीका | अलिप्र ५, २०१६
कोलोराडोमा सकृय सामाजिक संस्था नेपाली घरको नयां कार्य समिती चयन सफलताका साथ सम्पन्न गर्न एक निर्वाचन कमिटी गठन गरिएको छ । संस्थाको बुधबार सांझ सम्पन्न कार्य समितीको बैठकले राजेन्द्र शर्माको संयोजकत्वमा ३ सदस्य निर्वाचन कमिटी गठन गरिएको हो । कमिटीका अन्य सदस्यहरुमा बासुदेब दाहाल र ज्ञानेन्द्र काफ्ले रहेका छन् ।
बैठकले संस्थाको आगामी चुनावमा भाग लिन तथा मताधिकार प्रयोजनका लागी इच्छुक ब्याक्तिहरुलाई आगामी अप्रील ३० भित्र सदस्यता नविकरण तथा नयां सदस्यता लिनसक्न सबैलाई अनुरोध गरेको छ । साथै संस्थाको बार्षिक साधारण सभा आगामी मे २८ मा सम्पन्न गर्ने र कार्य समितीको चुनाव जुन २५ मा सम्पन्न गर्ने यस अघिनै निर्णय भई सकेको छ ।
संस्थाको मार्च २५ मा संम्पन्न बैठकले आगामी कार्य समितीको निर्वाचन सम्पन्न गर्न निर्वाचन कमिटीको नाम सिफरिसको लागी ५ सदस्य रहेको छनौट समिती गठन गरेको थियो । अध्यक्ष योगराज गौतम, उपाध्यक्ष द्धय नातीबाबु भट्ट तथा राज ढुङ्गाना, महासचिव लक्षुमण राना र कोषाध्यक्ष जगदिश ढकाल रहेको समितीले सिफारिस गरेको ३ जनाको नाम कार्यसमितीको बैठकले सर्बसम्मतले अनुमोदन गरेको हो ।
नेपाली घरमा हाल ५० जना आजिवन सदस्य, ५५ जना फेम्ली सदस्य, ४८ जना साधारण सदस्य र ४ जना मानार्थ सदस्य रहेका छन् ।
Mero samarthan chha!!!
LikeLike