कोलोराडो सप्ताह पुराणको तयारी अन्तिम चरणमा

नातिबाबु भट्ट | अप्रील १६, २०१८ | कोलोराडो, अमेरीका

नेपाली र नेपाली भाषी भुटानीहरुको बाक्लो बसोबास रहेको कोलोराडोमा नेपालीहरुको साझा सामुदायीक भवन निर्माणका लागी आर्थिक संकलन गर्ने उद्धेश्यले अयोजना गर्न लागिएको श्रीमद्भागवत् महापुराणको तयारी अन्तिम चरणमा पुगेको छ ।

नेपाली घरको संयोजन तथा कोलोराडोमा कृयाशिल सबै संघ संस्था र समाजसेवीहरुको आयोजनामा लगाउन लागीएको श्रीमद्भागवत् महापुराणको तयारी अन्तिम चरणमा पुगेको हो । अरोरा शहरको १६०९ हावाना स्ट्रीट स्थित भिलेज एस्चेन्ज सेन्टरमा यहि अप्रील २८ देखी मे ५ तारीक सम्म पण्डित दिनबन्धु पोखरेलको उपस्थितीमा लगाइने महापुराणको तयारी अन्तिम चरणमा पुगेको नेपाली घरका अध्यक्ष लछुमण रानाले बताएका छन् ।

अध्यक्ष रानाका अनुसार अहिले कोलोराडो स्थित हरेक बस्ती बस्तीबाट नेपाली तथा नेपाली मुलका नेपाली भाषीहरुको नामावली संकलन कार्यक्रम अन्तिम चरणमा पुगिसकेको छ । निमन्त्रणा कार्ड बितरण प्रकृया सुरु भईसकेको छ । कार्यक्रमको पहलो दिन आयोजना गरिने कलश यात्राकोलागी कलश नेपालबाट आइपुगेको छ । कार्यक्रकलाई सफलताकासाथ सम्पन्न गर्न आर्थिक उपसमिती, पुजा ब्यावस्थापन उपसमिती, प्रचारप्रसार उपसमिती, खाना तथा बसोबास ब्यबस्थापन उपसमिती लगायतका उपसमितीहरु गठनगरी कार्य बिभाजन भई सकेको छ । अहिले बिभिन्न समिती र उपसमितीहरुले सप्ताहलाई सफलताका साथ सम्पन्न गर्न जोड तोडका साथ काम आगाडी बढाई रहेको उनले बताएका छन् ।

हाम्रो हिन्दु परंपरा अनुसार श्रमिद् भागवत् सप्ताह लगाएको स्थानमा आना दिवंगत पितृको संझनामा कलश स्थापना गरि सात दिनसम्म मन्त्र श्रवण गराएमा पितृ आत्माले चिर शान्ति प्राप्त गर्दछ भन्ने धर्मसास्त्रमा उल्लेख गरिएको छ । त्यस्तै पुराणको समापन पछि उक्त कलसमा भएको जल घरमा लगी चोटा कोठामा सेचन गराएमा घर पवित्र हुने धार्मिक बिश्वास रहिआएको छ । त्यसैले आयोजकले केही कलसका ेब्यावस्थागरी अग्रिम बुकिङ्ग खुल्ला गरिसकेको छ । सिमीत संख्यामामात्र कलस भएकोले समयमै कलस बुकि¨ गराउन आयोजकले सबैलाई अनुरोध गरेको छ । त्यस्तै कर्ताहुन चाहनुहुने र महाआरती गर्न चाहनुहुने सबैले ७२०–९३७ – ३६६३ म्ँँ सम्पर्क गरी नाम टिपाउनु हुन अनुरोध गरिएको छ ।

समुदायको बर्षौ अघि देखिको सपना साकार पार्ने यस पुनित कार्यलाई सफलाताका साथ सम्पन्न गर्न महापुराणको सात दिने अवधिलाई एक पर्वको रुपमा मनाउन कोलोराडो निवासी सबै नेपाली र नेपाली भाषी समुदायलाई आयोजक समितीको अनुरोध छ । समितीले हरेक दिन दिउसो २ बजेदेखी साझ ८ बजेसम्म बाचन हुने महापुराणको अवधिमा काममा बिदा मिलाई हरेक दिनको भागवत् पुराण श्रवणगरी आध्यात्मिक ज्ञान प्राप्त गर्ने बातावरण बनाउनुहुन र यथा सक्य दानगरि पुण्य आर्जनगर्न सबैलाई हार्दिक अनुरोध समेत गरेको छ ।

आयोजकले समितीले कोलोराडो निवासी सबैको हातहातमा निमन्त्रणा कार्ड पुर्याउने लक्ष लिएको छ । यदि कुनै कारणबस निम्ता नपुगेपनी यसैलाई निम्ता मानी कार्यक्रममा सहभागी हुन तथा खवर पाउनु हुनेले नजिकका छिमेकी साथी संगीलाई खवर गरिदिनुहुन अध्यक्ष मण्डलका सदस्य बिष्णुबहादुर श्रेष्ठले कोलोराडो निवासी सबैलाई अनुरोध गरेका छन् ।

Author: NepaliGhar

Non Profit Organization

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s