मे ३, २०१८ । नातिबाबु भट्ट । कोलोराडो
कोलोराडो सप्ताहको पाचाै दिन सम्म पौने ४ लाख सहयोग संकलन । दिनेश भट्टराईबाट २५,१११ हजार डलर सहयोग गर्ने घोषणा ।
नेपाली र नेपाली भाषी भुटानीहरुको बाक्लो बसोबास रहेको कोलोराडोमा नेपालीहरुको साझा सामुदायीक भवन निर्माणका लागी आर्थिक संकलन गर्ने उद्धेश्यले अयोजना गरिएको श्रीमद्भागवत् महापुराणको पाचाै दिन सम्म आईपुग्दा झण्डै ३ लाख ६० हजार डलर सहयोग संकलन भएको छ ।
नेपाली घरको संयोजन तथा कोलोराडोमा कृयाशिल सबै संघ संस्था र समाजसेवीहरुको आयोजनामा गत आईतबार देखी बाचन प्रविण पं. दिनबन्धु पोखरेलको मुखारबिन्दबाट श्रीमद्भागवत् महापुराणको कथावाचन शुरुभएको हो ।
नेपाली मुलका नेपाली भाषी भुटानीहरुको बाक्लो बसोबास रहेको अरोरा शहरको १६०९ हावाना स्ट्रीट स्थित भिलेज एस्चेन्ज सेन्टरमा उनीहरुको बिशेष सहयोगमा यस कार्यक्रम सञ्चालन हुन गएको हो । यसरी नेपाली भाषा र संस्कृतीको पहिचाहन र संरक्षण गर्ने उद्धेश्यले निर्माण गर्न लागिएको सामुदायीक भवनको लागी सहयोग गर्नेहरुमा याक एण्ड यती रेष्टुरेन्टका संचालक दिनेश भट्टराईको परिबारबाट २५ हजार १ सय १, नविन दत्तको परिबारबाट १५ हजार १, कृष्ण काफ्लेको परिवारबाट १ हजार १ सय ११ र पदम बिश्वकर्माको परिबारबाट ५ हजार सहयोग गर्ने प्रतिबद्धता भएको छ ।
त्यसैगरी सहयोगको प्रतिबद्धता जनाउनेहरुमा शैलेस पोखरेलको परिवारबाट २ हजार २ सय २१, सोम बरालको परिवारबाट २ हजार, केदार खतिवडाको परिवारबाट १ हजार ५ सय ११ , मेगमणी घिमीरेको परिवारबाट १ हजार १ सय ५१, सन्तोष कालेको परिवारबाट १ हजार १ सय ११ रहेको छ । त्यस्तै १ हजार १ सहयोग गर्ने परिवारहरुमा क्रमश धनराज श्रेष्ठ, रोहिनी शर्मा, बलराम खनाल रुद्र न्यौपाने र प्रच्यूतमान श्रेष्ठ, रहेको कोषाध्यक्ष जगदिश ढकालले बताएका छन् ।
मध्यान्तरको समयमा साई भजन मण्डलीका टिमले भजन प्रस्तुत गरेका थिए । दोश्रोसत्रको कार्यक्रम संखुवासभा समाज अमेरिकाका महासचिव हरिकुमार श्रेष्ठको प्रमुख अतिथ्यतामा सञ्चालन भएको थियो । बालकलाकारहरुले कृष्ण चरित्रको नृत्य प्रस्तुत गरेका थिए ।
नेपालीहरुको आस्थाको धरोहर सामुदायिक भवन निर्माणको महायज्ञमा सहयोग गर्ने दाताहरुलाई अध्यक्ष मण्डलका टिम र नेपाली घरका पदाधिकारीहरुले खादा पहिराई दिई सम्मान गरेका थिए । आजका भक्तजनहरुलाई ईन्डिया नेपाल ओभन रेष्टुरेन्ट लिटलटनका संचालक राधिका लामिछानेको परिवारबाट र इन्डियाज किचेन पार्करका संचालक अशोक न्यौपानेको परिबारबाट निशुल्क खाना उपलब्ध गराई सहयोग गरेका थिए । कार्यक्रम सरिता गुरुङले सञ्चालन गरेकी थिइन ।