कोलोराडो सप्ताहको सम्पूर्ण खर्च आम्दानीको प्रतिवेदन सार्वजनिक

नेपाली सामुदायिक भवन निर्माणगर्न सहयोग संकलन गर्ने उद्धेश्यले अयोजित कोलोराडो सप्ताहको सनीवार एक समारोह बिच संम्पूर्ण आम्दानी खर्च बिवरण सार्वजानिक गरिएको छ । सप्ताहको बिस्तृत आम्दानी खर्चको बिवरण तयार पार्न आर्थिक समितीको आग्रहमा गठित ३ सदस्सिय लेखा परिक्षण समितीले दिएको प्रतिवेदन सार्वजानिक गरिएको हो । कार्यक्रममा संघ संस्थाका पदाधिकारी, अध्यक्ष मण्डलका सदस्य, गन्यमान्य, बुद्धिजिवी, सहयोग दाता, पत्रकार, ब्यवसाही तथा सर्वसाधारणको उपस्थिती रहेको थियो ।


नेपाली घरको संयोजन तथा कोलोराडोमा कृयाशिल सबै संघ संस्थाहरुको आयोजनामा गत अप्रील २८ देखि मे ५ तारिक सम्म आयोजित श्रीमद् भागवत महापुराणको आम्दानी खर्च बिवरण, आर्थिक समितीका संयोजक संगिता सोत्रीया र नेपाली घरका कोषाध्यक्ष एबं आर्थिक समितीका सदस्य जगदिश ढकालले पुराण लगाएको स्थानमा सार्वजानिक गरेका हुन् । कार्यक्रममा लेखा परिक्षण समितीकातर्फबाट सदस्य द्धय सोम बराल र रोहित ढुङ्गेलले आम्दानी खर्चको बिवरण पेनी,पेनी हिसावगरी ब्यवस्थीत तरिकाबाट राखिएको आफुहरुले पाएको बताएका थिए ।
यसरी सार्वजानिक गरिएको प्रतिवेदन अनुसार नगद सहयोग तथा कलस बाट आम्दानी जम्मा १ लाख २० हजार ९ सय ४ डलर १५ सेन्ट, र सहयोग दाताहरुले दानगर्न प्रतिबद्धता जनाएको रकम ४ लाख ६९ हजार ६ सय ६० डलर ३२ सेन्ट गरि, जम्मा सहयोग संकलन ५ लाख ७७ हजार ९ सय ८९ डलर ४७ सेन्ट रहेको छ । यसबाट बिभिन्न शिर्षकमा ४४ हजार २ सय ५५ डलर २९ सेन्ट खर्च भई नेपाल घरको खातामा ७६ हजार ६ सय ४८ डलर ८६ सेन्ट रहेको कोषाध्यक्ष जगदिश ढकालले बताए ।


कार्यक्रमको दोश्रो चरणमा अब नेपाली र नेपाली मुलका नेपाली भाषीहरुको आस्थाको केन्द्र नेपाली सामुदायिक भवन निर्माण प्रकृयालाई कसरी अगाडी बढाउने भन्ने बारेमा उपस्थित संध संस्थाका प्रतिनिधीहरुबाट आ– आफ्नो अवधारण प्रस्तुत गरिएको थियो ।

यसरी अवधारणाहरु प्रस्तुतगर्नेहरुमा अध्यक्ष मण्डलका तर्फबाट डा. बिजयराज शर्मा, नेपाली घरका अध्यक्ष लछुमण राना, रकी माउन्ेट फ्रेण्डस् अफ नेपालका अध्यक्ष बिनोद त्रीपाठी, ग्लोवल भुटनीज कम्यूनिटी अफ कोलोराडोका अध्यक्ष सोम बराल, एनआरएन कोलोराडो च्याप्टरका अध्यक्ष राज ढुङ्गाना, ग्लोवल फोरमका अध्यक्ष तिर्थ बर्मा, लङमन्ट हिमालयज् लायन्सका पूर्व अध्यक्ष प्रमोद श्रेष्ठ, तमुधि कोलोराडोका सचिब भुवन गुरुङ र बल्ड डोनर्स अफ अमेरिका कोलोराडो च्याप्टरका श्रीराम लुईटेल रहेका थिए । त्यस्तै कार्यक्रममा टिका पौडेलले सम्पूर्ण कोलोराडो बासीका तर्फबाट भन्दै लिखित अवधारण गरेका थिए ।


उनीहरुले अब साना तिना समस्याहरुमा नअल्झि जोड तोडका साथ दाताहरुबाट प्रतिबद्धता गरिएको सहयोग रकम संकलनगर्न, सामुदायिक भवन निर्माण स्थल पहिचाहन गरि खरिदगर्न सबै संघ संस्थाका प्रतिनिधी रहेको समितीहरु चयनगरि प्रकृया आगडी बढाउन सुझाएका थिए । कार्यक्रममा बिषय बस्तु प्रवेश अध्यक्ष मण्डलका सदस्य रामप्रसाद श्रेष्ठले गरेका थिए भने कार्यक्रम संचालन आर्का सदस्य नविन दत्तले गरेका थिए ।

नातिबाबु भट्ट| अगष्ट १८, २०१८ | कोलोराडो, अमेरीका

Author: NepaliGhar

Non Profit Organization

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s