नेपालीे घरद्धारा २ छात्राहरुलाई छात्रवृत्ति प्रदान गरि सम्मान

कोलोराडोमा सकृय सामाजीक संस्था नेपाली घरले १२ कक्षा पासगरि कलेज गएका जेहन्दार २ छात्राहरुलाई एक समारोह बिच छात्रवृत्ति प्रदान गरि सम्मान गरेको छ । नेपाली घरद्धारा गठित छात्रवृत्ति छनौट समितीलाई प्राप्त निवेदनहरु मद्मेबाट यस बर्ष उत्कृष्ट २ जनाछात्राहरुलाई छात्रबृति दिने निर्यण गरेको हो । यसरी छात्रवृत्तिद्धारा पुरस्कृत हुनेहरुमा जोत्शीला ढकाल र ईशा कार्की रहेका छन् ।

सम्मानित छात्राहरुलाई नेपाली घरका सल्लाहकार तथा प्रेसिडिङ काउन्सिलका सदस्य रामप्रसाद श्रेष्ठ, कोलोराडोका लागी नेपालका अवैतनीक पर्यटन दुत तथा अन्तराष्ट्रिय कलाकार मन्चका अध्यक्ष साबु गदाल, नेपाली घरका अध्यक्ष लछुमन राना, ग्लोवल भुटनिज कम्यूनिटी अफ कोलोराडोका अध्यक्ष सोम बराल, एनआरएन कोलोराडो च्यप्टरका अध्यक्ष राज ढुङ्गाना, अरोरा हिमालयज् लायन्स क्लबका अध्यक्ष कपील सुबेदी नेपाली घरका पूर्व अध्यक्ष योगराज गौतमलगायतका अतिथीहरुले एक हजार डलर नगद , ट्रफी, प्रमाण पत्र प्रदानगरी खादा लगाईदिई सम्मान गरेका हुन् ।

नेपाल र अमेरीकाको राष्ट्रियगान गाएर सुरु गरिएको कार्यक्रममा नेपाली घरका सल्लाहकार रामप्रसाद श्रेष्ठ, प्रेसिडिङ काउन्सिलका सदस्य संगीता श्रोत्रीया, कोलोराडोका लागी नेपालका अवैतनीक पर्यटन दुत साबु गदाल, नेपाली घरका अध्यक्ष लछुमन राना, ग्लोवल भुटनिज कम्यूनिटी अफ कोलोराडोका अध्यक्ष सोम बराल, एनआरएन कोलोराडो च्यप्टरका अध्यक्ष राज ढुङ्गाना, युनिभर्सल पिस क्रेटर्स अध्यक्ष ईभेत लार्रेया, अरोरा हिमालयज् लायन्स क्लबका अध्यक्ष कपील सुबेदीले लगायतका बक्ताहरुले शुभकामना मन्तब्य दिएका थिए । उनीहरुले बिजयी छात्राहरुलाई बधाई सहित उज्वल भबिश्यको कामना गर्दै प्रवासमा हुर्केका नया पुस्तालाई नेपाल , नेपाली संस्कृती र समुदाय प्रती उत्तर दायित्व महशुस गराउने उत्तम प्रयास भन्दै कार्यक्रमको खुलेर प्रशंसा गरेका थिए । कार्यक्रममा कोलोराडोका गन्यमान्य, बुद्धीजिवी, आयोजक संस्थाका पदाधिकारी, सर्वसाधारण तथा पत्रकारहरुको उपस्थिती रहेको थियो ।
संस्थाका अध्यक्ष लछुमन रानाको सभापतित्वमा, अरोरा स्थित भिलेज एक्सचेन्ज सेन्टरमा सम्पन्न कार्यक्रमको संचालन छात्रवृत्ति छनौट समितीका संयोजक प्रमोद श्रेष्ठले गरेका थिए भने नेपाली घरका महासचिव निर्मल श्रेष्ठले कार्यक्रमको उद्धेश्य प्रष्ट्याएका थिए । कार्यक्रममा कोषाध्यक्ष जगदिश ढकालले कार्यक्रम सम्पन्नगर्न नेपाली घरको खातामा रहेको पैसा खर्च नगरिएको जानाकारी गराउदै उक्त कार्यक्रमकोलागी सहयोय गर्ने दाताहरुको नाम सार्वजानिक गरेका थिए ।

सम्मानित छात्राहरुबाट छनौट समितीले विशेष प्रावधान तोकेर निवेदन आवाह्न गरेको थियो । जसमा यसै बर्ष १२ पास गरेको, कोलोराडोमा बसोवास गरेको, समुदायमा सामाजिक कृयाकलापमा भागलिएको , फुल टाईम कलेज पढ्ने प्लान गरेको , थोरैमा ७५ प्रतिषद वा ३.० जिपीए भएको , कलेजले भर्नाको लागी छनौट गरेर पठाएको लिखीत पत्र समावेस गर्नु पर्ने जस्ता प्रवधानहरु रहेका थिए । । यसको साथै समितीले निवेदकहरुलाई ८ सय शब्द सम्मको निवन्द लेखि समावेस गर्नुपर्ने सर्त राखेको थियो । नेपाली घरद्धारा प्रमोद श्रेष्ठको संयोजकत्वमा गठीत, लछुमन राना, नातीबाबु भट्ट, उत्तम राई रहेको ४ सदस्सिय छनोट समितीले बिजयी छात्राहरुको नाम सिफारिस गरेको हो ।


कार्यक्रमको अन्त्यमा उपस्थित सबैलाई धन्यवाद दिदै नेपाली घरका अध्यक्ष लछुमन रानाले नेपाली घरले अमेरीकी कल्चरमा हुर्कदै गरेका भावी पुस्तामा नेपाली संस्कृतीको जगेर्ना गराउन तथा उनीहरुलाई नेपाली समुदाय तर्फ आकर्षित गराउन यस्ता कार्यक्रम ल्याईएको बताए । यहा जन्मे हुर्केका बालबालिकाहरु माझ आगामी दिनमा यस्ता कार्यक्रमहरु अघि नसारे नेपाली भाषा संस्कृति जोगाउन कठिन हुने अवस्था आएको भन्दै यस्ता कार्यक्रमले केही हद सम्म बालबालिका र तिनिहरुको परिवारलाई नेपाली समुदायतर्फ आकर्षित गराउने धारण राखे ।
नातिबाबु भट्ट || कोलोराडो, अमेरीका || अक्टोबर ६, २०१८

Author: NepaliGhar

Non Profit Organization

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s