नेपाली घरमा जिम्बेवारी हेरफेर

कोलोराडोमा सक्रिय नेपालीहरूको साझा संस्था नेपाली घरमा दुई उपाध्यक्ष तथा कल्चर तथा इभेन्ट अफिसर थप गरी जिम्बेवारी हेरफेर र टिम विस्तार गरिएको छ । संस्थाको हालै संम्पन्न कार्य समितिको बैठकले संस्थाको विधान अनुुसार बोर्ड सदस्य लिलानाथ ढुङ्गाना र कम्युनीकेसन अफिसर नातिबाबु भट्टलाई उपाध्यक्षको जिम्मेवारी सुम्पेको हो । त्यसैगरी पत्रकार विजय घिमिरेलाई कम्युनीकेसन अफिसरको र बोर्ड मेम्बर प्रमोद श्रेष्ठलाई कल्चलर तथा इभेन्ट अफिसरको जिम्मा दिइएको छ । बैठकले ११ जना बोर्ड सदस्य मनोनयन गरी २९ जनाको टिम बनाएको छ ।

संस्थाको विधान अनुसार मनोनीत हुने बोर्ड सदस्यहरूमा पुष्पा गुरुङ, अर्जुन के सी, नवराज मरासैनी, दिलीप घिमिरे, उत्तम राई, रिपेन्द्र कार्की, कपिलदेव सुवेदी, दुर्गा कोइराला, प्रेम रेग्मी, फणेन्द्र दाहाल र उपेन्द्र रिजाल रहेका छन् । संस्थाको केही महिना अघि सम्पन्न पाचौं साधारण सभाबाट तिन उपाध्यक्ष सहित पदाधिकारी र बोर्ड सदस्य सङ्ख्या ३१ सम्मको बनाउने व्यावस्था भए अनुसार यसरी मनोनयन तथा कार्य बिभाजन गरिएको हो । संस्थामा अझै एक उपाध्यक्ष सहित २ पद खालि रहेको र उक्त रिक्त स्थान पनि चाडै परिपुर्ति गरिने अध्यक्ष योगराज गौतमले बताएका छन् ।

त्यसैगरी नयाँ पदाधिकारी र बोर्ड सदस्यलाई स्वागत गर्ने उद्धेश्यले शुक्रवार साँझ सम्पन्न बैठकमा महा-सचिव लछुमण रानाले नयाँ सदस्य तथा पदाधिकारीहरुलाई स्वागत गर्नुको साथै एक आपसमा परिचय गराएका थिए । सोही अवसरमा सल्लाहकार पुरुषोत्तम पाण्डे, अध्यक्ष योगराज गौतम र स्पेसल कमिटीका संयोजक डा. सुदिप प्याकुरेलले सबैलाई स्वागत गर्दै, संस्थाको उद्धेश्य तथा आगामी रणनितीको बारेमा छलफल चलाएका थिए । सोही बैठकमा कोषाध्यक्ष जगदिशचन्द्र ढकाले संस्थाको आर्थिक गतिविधि बारे प्रकाश पारेका थिए ।

बैठकमा संस्थाले नेपाली घर निर्माण गर्न भनी देउसी भैलो खेली जन समुदायबाट जम्मा गरेको रकम संस्थाको खातामा सुरक्षित रहेको, कार्यक्रम गर्दा लाग्ने हलभाडा तथा स्टेसनरी बाहेक अन्य शीर्षकमा खर्च नगरिएको जानाकारी गराईएको थियो । संस्थाको बैठक तथा अन्य कार्यक्रममा लाग्ने खाना चिया तथा अन्य खर्च तत्कालै सहभागीहरुबाट सङ्कलन गरी तिर्ने गरिएको बताइएको थियो ।

नेपालीहरूको भाषा, संस्कृति, रहन सहन भेष भूषाको संरक्षणार्थ एक नेपाली घर निर्माण गर्न अघि बढिरहेको यस संस्थाले सबै सङ्घ संस्था तथा समुदायहरू सँग हातेमालो गर्दै अगाडी बढ्ने, स्थानीय श्रोत र साधन पहिचाहन तथा परिचालन गर्ने, र मार्च २६ तारिका दिन ब्राईटन मन्दिरमा होलीको कार्यक्रम गर्ने जस्ता विविध निर्णयहरू गरेको छ ।

footer1-copy