समीक्षा मेरो, नमन मेरो, धन्यवाद मेरो

श्रीराम लुइटेल, कोलोराडो

सप्ताह आउनै लाग्यो भन्दै दगुरा दगुर हुँदै थियो, आयो, अनि कोलोराडोको धेरै जनालाई नचायो र सम्पन्न पनि भयो । यो सात आठ दिनको दौरानमा कहिल्यै नदेखेको र नसुनेको एकता दृश्य मनन गर्न पाएर साह्रै खुसी छु म । जब पहिलो मिटिङ्गमा सहभागी भए प्रीसाइडल कमिटीमा, डा. बिजयराज शर्मा, नारायण श्रेष्ठ (ठुलो), डा. विष्णु ब श्रेष्ठ, राम प्र श्रेष्ठ र आदरणीय दाजु नवीन दत्त अनि पुरुशोत्तम् पाण्डे भएको सुन्न पाउँदा र वहाँहरूलाई केन्दि्करण गरेर, वहाँहरूको साथ सहयोजन गरेर काम गर्ने मौका पाउँदा गर्वले छाती फुल्यो ।

सम्झे यो समाज सेवाको सुनौलो अवसरलाई दिलोज्यानले सदुपयोग गर्नेछु । पछि प्रीसाइडल कमिटीमा त्यस्तै अन्य साथीहरू मणि दाहाल र पदम दाइको इन्ट्री भयो, जसले सुनमा सुगन्ध छायो । पुर्बाङगको दिन देखि, कलश यात्रा, समुद्घाटन समारोह, अनि सातै दिनको प्रबचन, पूजा आराधना र आरती होउन्जेल कुनै अप्रिय घटना नहोस् भन्ने कामना प्रार्थनामा हामी कार्यकारी समितिका सदस्य तथा प्रीसाइडल कमिटीले राखी नै रह्यो । सायद यो सबैभन्दा ठुलो कार्यक्रम थियो कोलोराडोमा नेपालीभाषीहरुको जहाँ सबै सङ्घ सस्थाहरु एकजुट भएर लागी परियो र सफल पनि भयौ ।

समग्रमा भन्नु पर्दा, सप्ताह एकदमै सफल भयो । नेपाली कम्युनिटी सेन्टर खोल्ने उद्देश्यले सञ्चालित यस पुण्य कार्यमा करिब ५ लाख ८१ हजार दान प्रतिबद्धता भएको छ । धेरै भन्दा धेरै दाताहरूले अन्तिम दिनमा, लौ म त छुट्ने पो भए की क्या हो भन्ने मनस्थितिमा, फोन गरेरै पनि आफ्नो प्रतिबद्धता जाहेर गरिएको पनि पाइयो । ५ हजार मनमा प्रतिबद्धता भएर यज्ञमा जानुभएकाहरूबाट २०-२५ हजार को प्रतिबद्धता भएको पनि पाइयो । साथै आफू डे केयरमा रहेका आमाबुबाहरुबाट पनि आफूले जे सकिन्छ दान गरौँ भन्दै रु ५ देखि १०, २० र ५०० सम्म आफ्नो मन खुलाएर दान गर्नुभएको देख्दा यो एउटा नेपाली मनले ती दानदाताहरुको मनलाई हार्दिक नमन नगरी रहन सक्दैन ।

कृष्ण भजनमा लाग्यो मन— देखि कैले होला पुग्ने हामी बृन्दा बनैमा जस्ता सुमधुर वाणी पन्डित् दिनबन्धु पोखरेलको मुखारबिन्दबाट गुन्जेको हामी अझै आभास गरी रहेका छौँ । पण्डित पोखरेललाई आफ्नो अमूल्य समय दिई नेपाली मन जोड्न सधैँ यसै गरी लागिरहनु हुन हार्दिक अनुरोध र कोलोराडोबासीबाट हार्दिक नमन !

स्वयंसेवक संयोजन गर्ने जिम्मेवारी लिएर यस कार्यमा सेवा गर्ने मौका पाएको थिए । हुनस्क्छ केही त्रुटिहरू भए होलान् या भनौ केही गल्तीहरू, यो त पक्कै कमिटीबाट फीड्ब्याकको अपेक्षा गर्द्छु र भविष्यमा अझ स्वतः:स्फुर्त ढङगले कम्युनिटी सेन्टर बनाउने अभियानलाई पूर्ण दिन आफ्नो भूमिका निरन्तर राख्ने प्रतिबद्द्ता जाहेर गर्दै काँधमा काँध मिलाउन तयार छु ।

स्वयंसेवकहरूको कुनै पनि कमी पाइन मैले यो कार्यक्रममा । कतिले चिनिएर स्वयंसेवक हुन चाहनुभयो भने कतिले नचिनिएर नै स्वयंसेवकको भूमिका बहन गर्नु भयो । ७ वर्षको जवान देखि वृद्ध समेतले आफ्नो क्षमता अनुसार स्वयंसेवक रहँदै यो कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नु भएकोमा सम्पूर्ण चिर परिचित् तथा अपरिचित स्वयंसेवक हरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु । भान्सा व्यवस्थापनमा ढपक्कै ढाकेर आफ्नो सम्पूर्ण परिवारलाई भान्सामा सहयोग गर्न जुटाउनुहुने सम्पूर्ण सहभागी जसले आठै दिन बिहान देखि बेलुका सम्म सहज ढङ्गले उपलब्ध खाना बनाइ या वितरण गर्नुहुने महानुभाव हरूलाई हृदय देखि नै धन्यवाद ।

मिडियाको लागि दिनभरि फोटो खिच्दै रातभरि समाचार टाइप गर्दै कसरी चुस्त समाचार प्रकाशित गर्न सकिन्छ भन्दै लाग्नुहुने सबै जनालाई यहाँहरूको स्वयंसेवाको कदर गरिन्छ भन्ने आभास दिलाउन चाहन्छु । अमेरिकाको व्यस्त स्केजुलमा पनि जति सकिन्छ आफ्नो समय प्रदान गरेर परि आउँदा ट्याइलेट् सफा गर्ने, भ्याकुम लाउने, मोप गर्ने, पानी खुवाउने, चिया खुवाउने, बोल्डर देखि भक्तहरूलाई राइड दिने, आरती ब्यबस्थापना, टिका ब्यबस्थापना देखि भक्तजनलाई कसरी ब्यबस्थापना गर्ने भन्ने कुरामा स्वयंसेवक समुह्को एउटा जोड्दार भूमिका रह्यो । ती सबै स्वयंसेवक हरूमा म स्वयंसेवक संयोजकको तर्फबाट हार्दिक नमन ।

कति दाताहरूलाई सम्मान छुट्दा दान भनेको दाहिने हातले दिँदा देब्रे हातले थाहा पाउनु हुन्न, हामीले सम्मानको लागि दान गरेको होइन भन्ने दाताहरू पनि भेटेँ वहाँहरूलाई पनि नमन् । सम्पूर्ण प्रीसाइडल कमिटीलाई नमन । मलाइ यस कार्यमा अघि बढेर काम गर्ने अवसर दिने संस्था ब्लड डोनेसन अफ अमेरिकालाई नमन् । धन्यवाद ।

footer2

Author: NepaliGhar

Non Profit Organization

Leave a Reply