कोलोराडोमा हर्सोउल्लासका साथ होली सम्पन्न

कोलोराडो निवासी नेपालीहरुले बसन्त ऋतुको आगमनसंगै आपसी मेलमीलाप र सद्भाबको रुपमा मनाईने होली एक आपसमा रंग लगाई हर्सोउल्लासका साथ मनाएका छन् ।

नेपालीहरुको साझा संस्था नेपाली घरको आयोजनामा कोलोराडोको ब्राईटन स्थित सनातन हिन्दु मन्दिरमा आयोजित कार्यक्रममा कोलोराडोमा कृयासिल संघ संस्थाका प्रतिनिधी, गन्यमान्य, व्यवसाही, कलाकार, पत्रकार तथा सर्वसाधारणको उपस्थिती रहेको थियो । कार्यक्रमको सुरुमा नेपाली घरका कोषाध्यक्ष जगदिश ढकालले कार्यक्रम आयोजना गर्नुको उद्धेश्य प्रकास पारेका थिए ।

यसैगरी कार्यक्रममा अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरका अध्यक्ष कृष्णमुरारी ढुङेल, रकी माउन्टेण्ड फ्रेण्डस अफ नेपालका महासचिव टिका पौडेल, ग्लोवल भुटनिज कम्युनिटी अफ कोलोराडोका सोम बराल र एनआरएन कोलोराडो च्याप्टरका प्रतिनिधी रुपेश बरालले होलीको शुभकामना दिएका थिए । कार्यक्रममा शमीर आचार्यले फागु सम्बन्धि मुक्तक सुनाएका थिए भने, हाम्रो आवाज यूट्युव च्यानलबाट कार्यक्रमको प्रत्यक्ष प्रसारण गरिएको थियो ।

मंदिरका पंण्डित प्रेमप्रसाद पौडेलले पुजा सहित होलीको महत्व उल्लेख गर्दे उपस्थित सबैलाई टिका लगाई कार्यक्रमको सुरुआत गरेका थिए । त्यसपछि मंन्दिरको प्राङ्गणमा जम्मा भएका सबै नेपाली दाजुभाई, दिदी बहिनीहरु हातमा बिभिन्न किसिमका रंग लिएर आ–आङ्खना दौतरिहरुलाई लगाउन व्यस्थ देखिन्थे । यसरी होली खेलीरहेको देख्दा विश्वको जुनसुकै कुनामा भएपनी नेपालीहरु आफ्नो संस्कृती र चाडपर्ब को जगेर्ना गर्न कम्बर कसेर लाग्छन् भन्ने प्रष्ट हुन्थ्यो ।

नेपालमा फागुन शुक्ल अष्टमीको दिन बसन्तपुर स्थित गद्धिबैठक अगाडी रङ्गी चङ्गी पारेर सिंगारी गाडीएको चिरमा आजापुजा गरेपछि बिधीबत् रुपमा होलीसुरु भएको मानिन्छ । नेपालको पाहाडी क्षेत्रमा फागु पुर्णिमाको दिन र मधेसमा त्यसको भोलीपल्ट होली खेल्ने चलन रहेको छ । होली नेपाल संगै भारत, पाकिस्थान, जापान, थाईल्याण्ड, अष्टेलिया, ईङल्याण्ड, अमेरिका लगाएतका देशहरुमा भब्यताका साथ मनाईन्छ । तर परदेशमा होलीकै दिन बिदा नपर्ने हुनाले होली अगाडी वा पछाडीको सनीबार आईतबार पारेर मनाउने चलन छ । 

आज संम्पन्न भएको फागु कार्यक्रममा उपस्थित सबै बालक हुन वा बृद्ध, यूवा यूवती सबै आ आÏना दौतरीका साथ रंग लगाएर खुशी साट्न व्यस्थ देखिन्थे । अपरान्ह १२ बजे देखी सुरु भएको कार्यक्रम दिउसो २ बजेसम्म सञ्चालन भएको थियो । कार्यक्रममा नेपाली घरले उपस्थित सबैलाई प्रसाद स्वरुप जेरी ,पुरी र तरकारी ब्यबस्था गरेको थियो । हरेक कार्यक्रम चन्दा सहयोगबाट संचालन गर्दै आएको संस्थाले यस कार्यक्रमको संम्पूर्ण खर्च कार्यक्रममा उपस्थित दाताहरुको चन्दा सहयोगबाट कभर भएको संस्थाका कोषाध्यक्षले बताएका छन् ।

Author: NepaliGhar

Non Profit Organization

Leave a comment