जेहन्दार दुई हाइस्कूल ग्राजुएट विधार्थीलाई छात्रबृती प्रदान गर्ने निर्णय

कोलोराडोमा सक्रिय सामाजिक संस्था नेपाली घरले हरेक वर्ष १२ कक्षा पासगरि कलेज जाने जेहन्दार दुई जना छात्र छात्राहरुलाई एक एक हजारका दरले छात्रबृती दिने निर्णय गरेको छ । शुक्रवार सम्पन्न संस्थाको बैठकले कोलोराडोमा बसोबास गर्ने नेपाली समुदायका छात्र छात्राहरुलाई उनीहरूको सफल भविष्यको शुभकामना सहित प्रोत्साहन स्वरूप उक्त सहयोग गर्ने निर्णय गरेको हो ।

अमेरिकी कल्चरमा हुर्कदैै गरेका भावी पुस्तामा नेपाली संस्कृतिको जगेर्ना गराउन तथा उनीहरूलाई नेपाली समुदाय तर्फ आकर्षित गराउन यस्तो निर्णय गरिएको बताइएको छ । यहाँ“ जन्मे हुर्केका बाल बलीकाहरु माझ आगामी दिनमा यस्ता कार्यक्रमहरू अघि नसारे नेपाली भाषा संस्कृति जोगाउन कठिन हुने अवस्था आएको भन्दै यस्ता कार्यक्रमले केही हद सम्म बाल बलिका र तिनीहरूको परिवारलाई नेपाली समुदाय तर्फ आकर्षित गराउने संस्थाका अध्यक्ष योगराज गौतमले बताएका छन् ।

के कस्ता विधि प्रक्रियाबाट छात्र छात्राहरु छनौट गर्ने, यो कार्यक्रमलाई कसरी प्रभावकारी बनाउने, कार्यक्रमलाई कसरी निरन्तरता दिने, छात्रबृती दिने श्रोत कसरी जुटाउने, यी सबै जिम्मबारी बहनको लागी संस्थाको आगामी बैठकमा विशेष समिति गठन गरी उक्त समितिलाई जिम्मा दिने गौतमले बताएका छन् । उनले नेपाली घर निर्माण गर्न सङ्कलन गरिएको कोषको रकम यस कार्यको लागि खर्च नगरिने प्रतिबद्धता समेत गरेका छन् ।

नेपालीहरूको भेष भूषा, भाषा संस्कृति, रिती स्थिति चाल चलन सबै झल्कने एक नेपाली घरको निर्माणार्थ क्रियाशील यस संस्थाले आफ्नो संस्कृति संरक्षणको लागी बेला बेलामा विभिन्न सांस्कृतिक कार्यक्रमहरूको आयोजना गर्दै आएको छ ।

14188639_1241784242522543_5762339780724843255_o

Author: NepaliGhar

Non Profit Organization

Leave a Reply