सन्जिता प्रधानलाई कोलोराडोमा स्वागत

कोलोराडो, अगष्ट २४ – राष्ट्रपति ओवामाका एशियाली अमेरिकी तथा प्रशान्त द्धिपिय सल्लाहकार समितीका सदस्य सन्जिता प्रधानलाई कोलोराडोमा विभिन्न कार्यक्रमको आयोजना गरि भव्य स्वागत गरिएको छ । कोलोराडोमा क्रियाशिल नेपालीहरुको साझा संस्था नेपाली घर र रकि माउन्टेन फ्रेन्ड्स अफ नेपालले यहांको भिन्दा भिन्दै शहरमा आईतबार छुट्टाछुट्ट्रै कार्यक्रमको आयोजनगरि सल्लाहकार प्रधानलाई स्वागत गरेका हुन् ।11934943_1003690976331872_592832530794099505_o11895034_1003690989665204_7592169795788589443_o
नेपाली घरको आयोजनामा बोल्डरमा आयोजित कार्यक्रममा पुग्दा संजितालाई नेपाली घरका पदाधिकारी तथा शुभ ईच्छुकले खादा र पुष्प गुच्छाले स्वागत गरेका थिए । स्वागत पछि आयोजित कार्यक्रममा नेपाली घरका निवर्तमान अध्यक्ष नारायण श्रेष्ठले उपस्थित सवैलाई स्वागत गर्दै संजिताको छोटो परिचय गराएका थिए । त्यसैगरि अध्यक्ष योगराज गौतमले नेपाली चेली आज संसारको सबै भन्दा शक्तिसाली राष्ट्र अमेरिकाको राष्ट्रपतिको ढोका ढक्ढक्याउन पुग्नु नेपाली समाजको लागि सबै भन्दा ठुलो गर्वको कुरा हो भन्दै कोलोराडो निवासी नेपालीहरुको तर्फबाट बधाई तथा शुभकामाना दिए । उनले कोलोराडामा नेपालीहरुको अवस्था र नेपाली घरको उद्धेश्य बारे अवगत गराए ।11947994_1003690986331871_8157524402840669391_o
यसैगरि रकि माउन्टेन फ्रेन्ड्स अफ नेपालले अरोरामा आयोजना गरेको स्वागत कार्यक्रममा संस्थाका पदाधिकारी तथा शुभ ईच्छुकले खादा र पुष्प गुच्छाले स्वागत गरेका थिए । आयोजित कार्यक्रममा अध्यक्ष शरद आचार्य, ज्ञानेन्द्र गदाल लगायतका व्यक्तिहरुले स्वागत तथा बधाई दिदै नेपाली समुदायको हक हितको लागि राष्ट्रपति ओवामा सम्म संन्देश पुर्‍याई दिन आग्रह गरे । उक्त कार्यक्रममा एशियन प्यासिफिक डेभलप्मेन्ट सेन्टरका प्रतिनिधी हेरीको पनि उपस्थिती रहेको थियो । कार्यक्रम बोल्दै हेरीले नेपाली समाज र समुदायको हक हितको लागि आफु आºनो क्षेत्रबाट सक्दो सहयोग गर्ने जनाए । उनले त्यस्ता समस्या केही भए लिएर आउन सबैलाई आग्रह गरे ।
दुवै कार्यक्रममा संजिताले आफुलाई गरिएको श्रद्धा र स्वागत प्रति आभार व्यक्त गर्दे आफु विभिन्न अवसर र चुनौतीहरु पार गर्दै त्यहां सम्म पुग्न सफल भएको बताईन । एशियाली अमेरिकी तथा प्रशान्त द्धिपिय ईमीग्रेन्टहरुको स्वास्थ्य शिक्षा, रोजगारी तथा अन्य समग्र हक हितकोलागि राष्ट्रपतिलाई सल्लाह दिने आफ्नो जिम्मेवारी भएको उनले प्रष्ट्याइन् । उनले आफ्नो हक हितको लागि विशेष गरि साना व्यवसायीहरुलाई संगठित भएर अगाडी बढ्न, नेपाली कल्चर प्रोग्रामहरुमा स्थानीय सिनेट सदस्य, मेयर लगायतका व्यक्तिहरुलाई आमन्त्रण गरि हाम्रा आवाजहरु सुनाउन संघ संस्थाका पदाधिकारीहरुलाई सल्लाह दिईन् ।

11950334_1003690982998538_3850092461927217817_o11889991_1003690992998537_3362986888166919088_o

Author: NepaliGhar

Non Profit Organization

Leave a Reply