होली – 2015

कोलोराडो निवासी नेपालीहरुले मार्च ८ तारिकका दिन ब्राईटन स्थित सनातन मन्दिरमा होली पर्व मनाएका छन् । बसन्त ऋतुको आगमन संगै आपसी मेलमिलाप र सद्भाबको रुपमा मनाईने होली एक आपसमा रंग लगाई हर्सोउल्लासका साथ मनाउने गरिन्छ । नेपालीहरुको साझा संस्था नेपालीघर तथा रकी माउण्टेन फ्रेन्ड्स अफ  नेपालको आयोजनामा भएकाे कार्यक्रममा सहभागी भई एक आपसमा सद्भाव बांड्न आयोजक संस्थाहरुले सबैलाई आग्रह गरेका थिए ।

600385_1116895705011398_1102853936542105799_n

11090941_927470920620545_1789658803406911800_o

मार्च ८ तारिक शनिवार बिहान ११ बजेदेखि १ बजे सम्म सञ्चालन भएकाे होलीमा सहभागीहरुलाई आयोजकले निःशुल्क खानाको व्यवस्था गरेको नेपालीघरका अध्यक्ष नारायण श्रेष्ठले बताएका छन् । नेपालमा फागुन शुक्ल अष्टमीको दिन बसन्तपुर स्थित गद्धिबैठक अगाडी मैलको रुखलाई रङ्गी चङ्गी पारेर सिंगारी गाडीएको चिरमा आजापुजा गरेपछि विधिवत् रुपमा होली सुरु भएको मानिन्छ । दैत्यराज हिरण्यकश्यपुले विष्णु भक्त आङ्खना पुत्र प्रहदलाई मार्ने उद्धेश्यले ब्र≈माबाट आगोले छुन नसक्ने बरदान पाएकी आङ्खनी बहिनी होलीकालाई प्रहदका साथ दन्किरहेको आगोमा बस्न लगाउंदा आगोले होलीका आफै भष्म भएको, तर भक्त प्रहदलाई केही नभएकले त्यही समय देखि शक्तिको दुरुपयोग गर्ने पापिनी होलीका मारिएको खुसीयालीमा होली खेल्ने चलन चलेको हिन्दु सास्त्रमा उल्लेख गरिएको छ ।

10655168_1113778761989759_4927773588026917381_o

यसै दिनमा टुडिखेलमा ‘गुरुमापा’ नामक राक्षसलाई इट्म्बाहालदेखि कंहि पनि नबिसाई ल्याईएको १० पाथी चामलको भात र एउटा रांगोको मासु खुवाई सैनीक अस्पताल भित्र रहेको ‘जधु’ धारोमा चुठाउने प्रचलन रहेको छ । त्यसैगरी द्धापर युगमा श्रीकृष्ण भगवानलाई मार्न कंश द्धारा पठाईएकी राक्षस्नी पुतनाले आङ्खनो स्तनमा विष लगाएर कृष्णलाई दुध चुसाउंदा कृष्ण मर्नुको सट्टा पुतना आफै मरेकोले त्यस खुसीको उपलक्षमा बज्रबासीले फागु महोत्सव मनाउन थालेको जनश्रुती छ ।

10604478_920674087966895_6612841929388346962_o

10926840_915185465182424_7470574490359030772_o

Author: NepaliGhar

Non Profit Organization

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s