नेपाली घरद्धारा सदस्यता लिन सबैलाई अनुरोध

नातिबाबु भट्ट
कोलोराडो अमेरीका
मार्च ३१, २०१९

कोलोराडोमा सकृय सामाजीक संस्था नेपाली घरको हालै सम्पन्न कार्यसमितीको बैठकले कोलोराडो निवासी सबैलाई संस्थाको सदस्यता लिई संस्थामा आवद्धहुन अनुरोध गरेको छ ।

संस्थाको कार्यसमितीको बैठकले आगामी जुलाई महिना भित्र सम्पन्न हुन लागेको संस्थाको नयां कार्यसमितीको चुनावमा सक्षम, ईमान्दारी, उमेद्धारहरु चयनगरी संस्थाले आगाडी सारेका आयोजनालाई निरन्तरता दिई सम्पन्न गर्न सहयोगकोलागी अपिल गरेको हो । संस्थाले सबैलाई यस संस्थामा गोलबन्द हुन साधारण सदस्यहरुलाई सदस्यता नविकरणगर्न तथा सदस्यता नहुनु भएका सबैलाई सदस्ता लिई सहयोग गरिदिनुहुन सार्वजानिक आवाहन गरेको छ ।

बैठकले संस्थाको आगामी चुनावमा भाग लिन तथा मताधिकार प्रयोजनका लागी इच्छुक महानुभावहरुलाई आगामी जुन ३० भित्र सदस्यता नविकरण तथा नयां सदस्यता लिन सबैलाई आग्रह गर्ने निणर््ाय गरेको संस्थाका अध्यक्ष लछुमन रानाले बताएका छन् । उनले अजिवन सदस्य बाहेक अन्य सबै सदस्यहरुको बिधान अनुसार सदस्यता नबिकरणगर्नु पर्ने समय भएकोले सदस्यता लिई संस्थामा गोलबन्द भई नेपाली तथा नेपाली मुलका नेपाली भाषीको समुदायको नेपाली सामुदायिक भवन निर्माणको सपना साकार पार्न सबैलाई सहयोगकोलागी अपिल गरिएको बताएका छन्

Author: NepaliGhar

Non Profit Organization

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s