नेपाल सुन्दरी ईशानी श्रेष्ठ सम्मानित

कोलोराडोमा क्रियाशिल पाँच संस्थाहरुले कोलोराडो निवासी मिस नेपाल २०१३ ईशानी श्रेष्ठलाई आइतवार संयुक्त रुपमा भब्य सम्मान गरेका छन्। नेवा दःवु कोलोराडो सकृयतामा यसरी सम्मान गर्ने संस्थाहरुमा नेपाली घर, रकिमाउन्टेन फ्रेन्डस् अफ नेपाल, अन्तर्राष्ट्रिय साहित्य समाज कोलोराडो च्याप्टर र तमुधी कोलोराडो रहेका छन्।

906286_777850135582625_3668812730777768489_o

ब्रुमफिल्ड लाईब्रेरीमा आयोजना भएको कार्यक्रममा ईशानीलाई नेवारी धिमेबाजा बजाउंदै हल प्रवेश गराईएको थियो। त्यस पछि भएको सम्मान कार्यक्रममा नेवा दःवु कोलोराडोका अध्यक्ष भुषण श्रेष्ठले दोसल्ला ओडाएर सम्मान गरेका थिए भने नेपाली घरका अध्यक्ष नारायण श्रेष्ठ, रकिमाउन्टेन फ्रेन्डस अफ नेपाल अध्यक्ष शरद आचार्य, अन्तराष्ट्रिय साहित्य समाज कोलोराडो च्याप्टरका अध्यक्ष आचार्य प्रभा र तमुधी कोलोराडोका अध्यक्ष रमेश गुरुङले खादा पहिराईदिई सम्मान गरेका थिए।

सम्मानित ईशानीलाई आयोजक पाँचै संस्थाका अध्यक्षहरुको हस्ताक्षर भएको सम्मान पत्र संयुक्तरुपमा प्रदान गरिएको थियो। सोही कार्यक्रममा ईशानी जस्ती सुन्दर र साहसिक छोरी जन्माउन सफल भएको भन्दै ईशानीका बाबु बिके श्रेष्ठ र आमा बीनुलाई पनि खादा पहिराइदिई सम्मान गरिएको थियो। सम्मान पछिको मन्तब्यमा ईशानीले आफूप्रति कोलोराडोमा क्रियाशिल पांच सस्थाले गरेको भब्य स्वागतप्रति आभार ब्यक्त गर्दै कार्यक्रममा उपस्थित सबैलाई धन्यबाद दिईन्। उनले देश बाहिर रहने सबैलाई कर्मथलोमा मात्र नरमी जन्मथलो नेपाललाई यथासक्य सहयोग गर्न आग्रह गरिन्।

10476574_777850188915953_411883483221746473_o

आफुले नेपालको जुम्ला, कन्चनपुर, चितवनको माडी जस्ता बिकट क्षेत्रहरुमा स्वास्थ्य शिविर लिएर पुग्दा दांत माझ्ने मन्जन ब्रश हुन्छ भन्ने ज्ञानसम्म नभएको बाबु आमा, दाजु भाई, दिदीबहिनी धेरै फेला पारेको र उनीहरुलाई कहिले हामीहरुको स्तरसम्म लिएर आउन सकिन्छ भन्दै स्टेजमा भक्कान्निएकी थिईन्। उनले कार्यक्रममा जुम्लामा स्वास्थ्य शिविर सञ्चालनको भिडियो क्लिप समेत प्रस्तुत गरेकी थिईन्। सम्मान कार्यक्रम अघि नेवा दःवु कोलोराडोका अध्यक्ष भुषण श्रेष्ठले उपस्थित सबैलाई स्वागत गर्दै कार्यक्रमको महत्व प्रष्टयाए। उनले ईशानी मिस नेपालमात्र नभई नेपालको इतिहासमै पहिलो पटक अन्तर्राष्ट्रिय बिश्व सुन्दरी प्रतियोगितामा पाचौं भएर नेपाल र नेपालीको शिर उच्च राख्न सकेकोमा गर्व गरे।

उनले सम्मान कार्यक्रमपछि नेवारी फिल्म माया प्रर्दशन हुने र यसबाट नेवारी भाषा, संस्कृतिको संरक्षण र सम्र्वधनमा सहयोग पु¥याउने दाबी गरे। चौथो अन्तर्राष्ट्रिय फिल्म फेष्टिबलमा छनौट हुन सफल फिल्म माया एक उच्च तथा धनी बर्गको केटा र तल्लो बर्गकी केटी बिचको प्रेम कथामा आधारित चलचित्र ज्यादै मार्मिक रहेको दर्शकहरुले प्रतिक्रया दिए। आगामी न्हूदँया भिन्तुना ११३५ प्रारम्भ हुने अक्टोबर २४ का दिन नेवार समुदायको बिच अत्यान्त लोकप्रिय म्ह पुजा कार्यक्रम आयोजन गर्न तथा बिश्वबाट हरेक बर्ष लोप हुदै गएको भाषाहरुको सूचीमा नेवारी भाषा पर्नबाट बचाउन, फिल्म प्रदर्शन गरिएको नेवा दःवुका मनोज तुलाधरले बताए। कार्यक्रममा अगामी अगष्ट २९ देखि कोलोराडोमा हुन लागेको नेपालीहरुको बृहत सम्मेलनमा भाग लिन सम्मेलन समितिका पब्लिक रिलेसन एण्ड मिडिया कोर्डिनेटर रमेश गुरुङले सबैलाई आग्रह गरे।

headingborder

Author: NepaliGhar

Non Profit Organization

Leave a Reply