कोलोराडोमा शुभकामना सांझ २०७१ सम्पन्न

अमेरीका नयाँ बर्ष २०७१ को उपलक्ष्यमा कोलोराडो निवासी नेपालीहरुले बिशेष सांस्कृतीक कार्यक्रम आयोजनागरी एक आपसमा शुभकामना आदान प्रदान गरेका छन् । नेपालीहरुको साझा संस्था नेपालीघर र रकिमाउण्टेन्स फ्रेन्डस अफ नेपालले सनीबार बेलुका संयूक्त रुपमा आयोजना गरेको शुभकामना सांझमा सहभागी भई उनीहरुले एक आपसमा शुभकामना आदान प्रदान गरेका हुन् । अध्यक्ष द्वय नारायण श्रेष्ठ र शरद आचार्यले पानसमा बत्तीबाली उद्धाटन गरेका कार्यक्रममा झण्डै ५ सय भन्दा बढी नेपालीहरुको उपस्थिती रहेको थियो ।

10012836_741280595906246_5438299397291468342_o

dsc_1286-copy

डेनवर्क स्थित नर्थ ग्लेन हाई स्कूलमा सम्पन्न कार्यक्रममा सहभागी कतीपय नेपालीहरु दौरा सुरुवाल, ढाकाटोपी, गुन्यू चोलो लगाएर आएका थिए भने, कोही आÏनो जातीय भेष भूषा झल्कने पहिरहन लगाएर आएका थिए । कार्यक्रममा नेपाल र नेपाली संस्कृती प्रति मायां र सद्भाव राख्ने अमेरीकीहरु पनि सहभागी भएका देखिन्थे । कार्यक्रम आयोजना स्थलमा बालक हुन वा बृद्ध, यूवा हुन वा यूवती सबै आ आÏना दौतरीका साथ शुभकामाना साटासाट गरिरहेका थिए । कोही हात मिलाएर त कोही हक गरेर, कोही नमस्ते गरेर त कोही टाउको निहुराएर, उमेर र अबस्था अनुसार नयां बर्षको शुभकामाना साटासाट गर्ने प्रक्रिया निरन्तर चलिरहेको देखिन्थ्यो । नेपाली राष्ट्रियगान गाएर सुरु गरिएको शुभकामाना सांझमा अधिकांश मनोरन्जन दिने खालका गीत तथा नृत्य प्रश्तुत गरिएको थियो ।

कार्यक्रममा नेपालीको रहन सहन , भेष भूषा झल्कने नेवारी नृत्य, तामाङ्ग सेलो, कौडा नाच, धिमाल नाच, तथा लोक नृत्य, आधुनिक र देश भक्तिका गीतमा कलाकार भाई बहिनीहरुले कम्बर मर्काई मर्काई नेपाली शैलीमा नाचेको हेरिरहंदा आफुलाई नेपाली घर आगनमै भएको महसुस हुन्थ्यो । दर्शक दिर्घाबाट ताली र हुटिङको आवाजले हल गुन्जीरहेको थियो । अध्यक्ष द्वयले कार्यक्रममा सहभागी सबैलाई धन्यबाद दिदैं, नेपाली सस्ंकृती बचँई राख्न तथा नेपालको पहिचाहन गराउन कार्यक्रम आयोजना गरिएको बताएका थिए । मातृभुमी प्रतिको कर्तब्य स्मरण गराउन तथा कर्म थलोमा आफु जन्मे हुर्केको संस्कृतीको जगेर्ना गराउन यस्तो कार्यक्रम आयोजना गरेको बताएका थिए ।

dsc_1265-copy

गत बर्ष सम्म दुबै संस्थाले नयां बर्षको कार्यक्रम आयोजना छुट्टा छुट्टै रुपमा गर्ने गरेका थिए । बिदेशमा बसेका नेपालीहरुको हक हितकोलागी तोडिएर होईन जोडिएर, एक्ला एक्लै हैन संगै हिडेमात्र लक्ष्यमा पुग्न सकिन्छ भन्ने दुबै संस्थाले महशुस गरी केही समय अघिदेखी यस्ता कार्यक्रमहरु संयुक्त रुपमा आयोजना गर्न थालेका हुन् । नयां बर्षको यो संस्कृतीक कार्यक्रमलाई सफलताका साथ सम्पन्न गर्न दुबै संस्थाका तिन, तिन जना सदस्य रहने गरि गठन गरिएको एक कल्चर कमिटीको सकृयतामा यस कार्यक्रम सम्पन्न भएको हो । तोकीएकै समयमा कार्यक्रम सुरुगर्नु , बिभिन्न जात जातीका भेष भुषामा बालबालीकाहरुलाई सिंगारेर नेपाल बहुजाती र बहुभाषी भएको सुन्दर देशहो भन्ने भावना झल्काउनु, दुबै संस्थाका पदाधिकारीहरु सकृय सहभागी भई कार्यक्रम सञ्चालन गर्नु, स्थानीय कलाकारहरुलाई आङ्खनो कला देखाउने अवसर दिनु , कार्यक्रमको सकारात्तमक पक्ष रहेको र आगामी कार्यक्रममा साउण्ड सिष्टमलाई बिशेष ध्यान दिनुपर्ने सहभागीहरुको प्रतिक्रिया रहेको छ ।

webpage-copy

 

Author: NepaliGhar

Non Profit Organization

Leave a Reply