नेपाली घरद्धारा आयोजित देउसी भैलो कार्यक्रम सम्पन्न

नेपालीहरुले दोश्रो महान चाड तिहारको अवसरमा नेपाली समुदायको बाक्लो बसोबास रहेको शहर बोल्डर र लङमन्टमा देउसी भैलो खेल्ने कार्यक्रम सम्पन्न भयो । कोलोराडोमा कृयासिल नेपाली घरको आयोजना तथा स्थानीय संघ संस्थाको सहयोगमा देउसी भैलो खेलिएको हो । यसरी देउसी भैलो खेलीएका स्थानहरुमा अक्टोवर १८ सांझ एभरेष्ट रेष्टुरेन्ट लङमन्ट र अक्टोवर १९ सांझ बोल्डर स्थित मीडोज कम्यूनिटी हल रहेको छ । देउसी भैलो कार्यक्रममा स्थानीय कलाकारहरुले आफ्नो कला जोडदार प्रस्तुत गरेका थिए । त्यसैगरी सधै देउसी भैले खेलीने अरोरा शहरमा भने यसबर्ष बिशेष कारणले देउसी भैले हुन नसकेको महासचिव निर्मल श्रेष्ठले बताएका छन् ।

देउसी, भैलो कार्यक्रममा कोलोराडोमा बसोबास गर्ने सबै समुदायका गन्य मान्य, कलाकार, पत्रकार, बुद्धि जिवी, ब्यापारी तथा सर्बसाधारणको बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रममा उपस्थित कतिपय आ–आफ्नो जातीय पहिरनमा आएका थिए भने, छुट्टै जातीय पहिरन नहुनेहरुले पुरुषहरु दौरा सुरुवाल, महिलाहरु साडी चोलो लगाएर कार्यक्रममा सहभागी भएका थिए ।

नेपाली घरका अध्यक्ष लक्षुमण रानाले नेपालीहरुको भाषा, संस्कृती, रिती रिवाज, तथा भेषभुषा स्थानीयलाई पहिचाहन गराउन तथा अमेरीकामा जन्मे हुर्केका बाल बालिकाहरुलाई हाम्रो संस्कृती सिकाउने उद्धेश्यको साथ हरेक बर्ष देउसी भैलो लगायत बिभिन्न सांस्कृतीक कार्यक्रमको आयोजना गरिदै आएको बताएका छन् । अध्यक्ष रानाले देउसी भैलोबाट संकलित रकम खर्च कटाएर बाकी रहेको १ हजार ३ सय ३४ डलर नेपाली घरको खातामा जम्मा गरिने जनाएका छन् । उनले यो रकम नेपाली घरको मात्र नभएर संम्पूर्ण कोलोराडो बासीको हो र उक्त रकम नेपाली घर निर्माणको लागि मात्र खर्च गरिने प्रष्ट्याएका छन् ।

नातिबाबु भट्ट । अक्टोबर २४, २०१७ । कोलोराडो, अमेरीका

Author: NepaliGhar

Non Profit Organization

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s